अमेरिकी राष्ट्रपति बाइडेनले लगाए कोरोनाविरुद्धको खोप
खबर एक्सप्रेस
२०७७-०९-०७ १०:१२ मा प्रकाशित
Total Shares: 436
काठमाडौं, एजेन्सी - अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्थानीय समयअनुसार सोमवार राति आफ्नो गृह जिल्ला डेलवेयरस्थित क्रिस्चियनाकेयर हस्पिटलमा उनले खोप लगाएका हुन् ।
फाइजर बायोन्टेकले निर्माण गरेको यो खोप बाइडेनलाई हस्पिटलकी नर्स ताबे मासाले लगाइदिएकी थिइन् । प्रत्यक्ष प्रसारण गर्दै खोप लगाएपछि बाइडेनले कोभिडविरुद्धको खोप बनाउन युद्धस्तरमा लागेका सबैलाई धन्यवाद दिएका थिए ।
बाइडेनले यो खोप उपलब्ध हुने स्थानमा पुगेर लिन अमेरिकी समूदायलाई आग्रह पनि गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस