काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई जिम्मेवारीबाट हटाएका छन् ।

आफूविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले सोमबार एक पत्र लेख्दै शाहलाई प्रमुख सचेतकबाट हटाएको जानकारी दिएका हुन् ।

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेशसभा दलको विधानको धारा ७ अनुसार प्रमुख सचेतकमा नियुक्त गरिएको तपाईंका कामकारबाही सन्तोषजनक नभएकोले आजसम्म गरेको कामका लागि धन्यवाद दिँदै तपाईंलाई प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु ।’ पत्रमा भनिएको छ।

मुख्यमन्त्री शाहीले प्रमुख सचेतकमा सीता नेपालीलाई जिम्मेवारी दिइएको पनि जानकारी दिएका छन् ।

No description available.