चारा घोटालामा लालुप्रसाद यादवलाई ५ वर्षको जेल सजाय
काठमाडौं,एजेन्सी - आरजेडीका प्रमुख तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई राँचीको विशेष अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । विशेष अदालतमा न्यायधिश एशके शशिले उक्त निर्णय सुनाएका हुन् ।
साथै उनलाई ६० हजार जरिवाना तिर्न समेत भनिएको छ । यसअघि पनि लालुप्रसाद यादव चारवटा मुद्दामा दोषी ठहर भइसकेका छन् । उनी अहिले पनि जमानतमा बाहिर छन् ।
यस्तो अवस्थामा पाँचौं मुद्दाको फैसलाले उनको कठिनाइ फेरि बढेको छ । पहिलो पटक सन् १९९६ मा मुद्दा दर्ता भएको थियो । लालु यसअघि ४ वटा मुद्दामा दोषी ठहर भइसकेका छन् । यस केशमा धेरै सरकारी साक्षीहरू पनि छन्। २४ अभियुक्तले सफाइ पाएका छन् ।
सीबीआई अदालतले लालुसहित ९९ अभियुक्तलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो । अभियुक्तमध्ये १० जना महिला पनि थिए ।
फेसबुक पेज Like गर्नुहोस