काठमाडौं - शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ  । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । 

कोरोनाको संक्रमण ६८ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका २८ वर्षे युवामा कोरोना ‘पोजिटिभ’ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको उनले जानकारी दिए । अस्पतालबाट ‘डिस्चार्ज’ हुनेको संख्या ३३३ जना पुगेको छ । जसमा महिला ६१ जना छन् ।

शुक्रबार ४० जना डिस्चार्ज भएका छन् । सबैभन्दा बढी कोशी अञ्चल अस्पतालबाट २७ जना डिस्चार्ज भएका छन् । उनीहरु ६ देखि ११औं दिनको अवधिमा डिस्चार्ज भएका डा. देवकोटाले बताए ।

हाल देशभर एक लाख ६६ हजार ७६५ जना ‘क्वारेन्टिन’मा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ६० हजार २२६ जना रहेका छन् । दुई हजार ५६८ संक्रमित व्यक्तिहरु ‘आइसोलेसन’मा रहेका उनले जानकारी दिए ।

आज थपिएका स‌ंक्रमित :
दैलेख ९०
कपिलवस्तु ४४
सुनसरी २१
रुपन्देही १८
रामेछाप १८
महोत्तरी १७
झापा १२
मोरङ ६
रौतहट ६
भोजपुर ५
डडेल्धुरा ५
काभ्रे ५
कैलाली ४
धनुषा ४
बारा ३
जुम्ला ३
नवलपरासी २
सिन्धुली २
तनहुँ २
अर्घाखाँची, पाल्पा, अछाम, बझाङ, हुम्ला, दोलखा, गोरखा, सुर्खेत, दाङ, गुल्मी र कास्कीमा १-१ जना।