ओलीलाई फसाउन खोजे देश द्वन्द्वमा फस्ने महेश बस्नेतको चेतावनी
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 37
काठमाडौं - नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नियोजित रूपमा दोषी देखाउन खोजिए देश द्वन्द्वमा फस्ने बताएका छन् ।
शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव बस्नेतले अध्यक्ष ओलीमाथि लगाइने कुनै पनि आरोप निराधार रहने दाबी गरेका छन्।
कार्की आयोगको प्रतिवेदनलाई हतियार बनाएर सरकारले ओलीमाथि कारबाहीको तयारी गरे एमाले चुप नबस्ने बस्नेतले सुनाए।
‘हाम्रो अध्यक्षलाई दोषी देखाउने कुनै आधार र प्रमाण छैन। यदि प्रतिशोध साँधेर पक्राउ गर्ने वा जेल हाल्ने दुस्साहस गरियो भने मुलुक गम्भीर द्वन्द्वमा जान्छ,’ उनले थपे, ‘गलत रिपोर्ट बुझाएर सरकारले गलत कदम चाल्यो भने त्यसको भारी सरकारले नै बोक्नुपर्छ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस