फोर्ब्स सूचीबाट बाहिरिए २२६ अर्बपती, अम्बानीको ५.७ अर्ब घट्यो
एजेन्सी - विश्वभर फैलिएको कोरोना भाइरसको कारण न्युन ज्याला भएका मजदुर मारमा परिरहेको बेला अर्बपतीहरु पनि बच्न सकेका छैनन् । बिहिबार फोर्ब्सले सार्वजनिक गरेको सूचिमा २ सय २६ जना अर्बपति नै बाहिरिएका छन् । कोरोनाको कारण सम्पत्ती एक्कासी घटेपछि उनीहरु सूचिबाट हटेका हुन् ।
विश्वकै सबैभन्दा बढी धनी व्यक्ति जेफ बेजोस शिर्षस्थानमै छन् । तर, उनको सम्पत्ति १८ अर्ब डलर घटेको छ । यो वर्ष उनले श्रीमती म्याकेजीलाई सम्बन्धविच्छेदपछि ३६ अर्ब डलर दिए ।
यस्तै, माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स दोस्रो स्थानमै छन् । यद्यपि, उनको सम्पत्ति ९६.७ डलरबाट बढेर ९८ अर्ब डलर पुगेको छ ।
गत वर्ष चौथो स्थानमा रहेका बर्नार्डले वारेन बफेटलाई चौथो स्थानमा धकेलेर एक स्थान माथि चढेका छन् । उनको सम्पत्ति न घटेको छ न बढेको छ ।
यस्तै, रिलायन्स इन्डष्ट्रिका एमडी गत वर्ष ५० अर्ब डलरसहित १३ औं स्थानमा थिए । जियोको सफलतापश्चात् पनि उनको सम्पत्ति ५।७ अर्ब डलर घटेको छ । यससँगै उनी १३ औं स्थानबाट २१ औं स्थानमा झरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस