म्यान्मारमा संसदीय निर्वाचनका लागि मतदान हुँदै
काठमाडौं,एजेन्सी - म्यान्मारमा आइतबार संसदका लागि आमनिर्वाचन हुँदैछ ।
विपक्षीहरुको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ ।
पाँच वर्षअघि भएको आमनिर्वाचनमा सूचीले म्यान्मारको शक्तिशाली सैनिकहरुको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरिएकाे थियाे ।
संसदको माथिल्लो र तल्लो सदनका लागि ९० भन्दा बढी दलले चुनावमा भाग लिएका छन् । यस पटक राज्य र क्षेत्रीय तहको पनि निर्वाचन हुँदैछ । स्टेट काउन्सिलरका रुपमा सेवारत सूची अहिले पनि म्यान्मारमा निकै लोकप्रिय नेतृका रुपमा छिन् ।
तर उनको सरकारले पनि जनअपेक्षा अनुरुप काम गर्न सकेको छैन । म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न तथा देशभित्र जारी जातीय समूहबीचको सशस्त्र द्वन्द्व न्यून गर्न उहाँको सरकारले पर्याप्त काम गर्न नसकेको आरोप लाग्दै आएको छ ।
आमनिर्वाचनमा ५० लाख नयाँ मतदाता सहित ३ करोड ७० लाखभन्दा बढी मतदाता छन् । निर्वाचनको नतिजा सोमबार बिहानदेखि सार्वजनिक गर्न थालिने जनाएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस