सुनसरी–१ मा रास्वपाको फराकिलो अग्रता, हर्क साम्पाङ दोब्बर मतले पछि
खबर एक्सप्रेस
२०८२-११-२२ ०४:४९ मा प्रकाशित
Total Shares: 72
सुनसरी - सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार दोब्बर मतले अगाडि रहेका छन् ।
प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार सुनसरी–१ मा घण्टी चुनाव चिन्हका रास्वपा उम्मेदवार गोमा तामाङ ‘सरिन’ ४६० मतसहित सबै भन्दा अगाडि रहेका छन् ।
यस्तै धरान उपमहानगरपालिकाका पूर्व प्रमुख (मेयर) समेत रहेका श्रम सँस्कृति पार्टीका अध्यक्ष रहेका उम्मेदवार हर्क साम्पाङ राईले हालसम्म १५३, राप्रपाका उद्धव श्रेष्ठ ९५, नेकपाका सूर्यबहादुर भट्टराई ४१, नेकपा एमालेका टीकाराम लिम्बूले २० मत ल्याएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस