ताप्लेजुङमा चट्याङ लागेर एक वृद्धको मृत्यु
खबर एक्सप्रेस
२०८०-०१-१६ ०९:१७ मा प्रकाशित
Total Shares: 82
ताप्लेजुङ - ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ ।
सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो । इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ । शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइने कार्कीले बताए ।
केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको ज्यान गएको थियो ।
फेसबुक पेज Like गर्नुहोस