काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह बालेन ले गण्डकी प्रदेशका निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूसँग छलफल गरेका छन्। 

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री शाहले गण्डकीका सांसदसँग छलफल गरेका हुन्।

छलफलको क्रममा प्रदेशका विकास योजनाहरू, संघ-प्रदेश समन्वय, तथा स्थानीय तथा राष्ट्रिय नीतिगत मुद्दाहरूमा विचार-विमर्श भएको जनाइएको छ।

यस्तै प्रधानमन्त्री बालेनले सबै सांसदहरूसंग त्यहाँका समस्या र समाधानका उपायहरूबारे छलफल गरेका छन् ।

यसअघि प्रधानमन्त्री शाहले सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशका सांसदसँग छलफल गरेका थिए।