बाबुरामलाई प्रधानमन्त्रीको जवाफ- ‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौं’
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा घुस बाँडेर खाएको भन्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताएका छन् ।
६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले त्यस्तो गैरजिम्मेवार काम गर्न नसक्ने बताए ।
‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर खाए भन्ने गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार छ,’ उनले भने, ‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौं ।’
डा. भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवाले बुढीगण्डकी आयोजनाको अर्बौ रकम बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस