काठमाडौं - नेकपा एमालेका नेता घनश्याम भुसालले संसद् जोगाउने काम सकिएकाले अब पार्टी जोगाउनुपर्ने बताएका छन् । यथास्थितिमा कोही पनि सुरक्षित नभएको भन्दै पार्टी जोगाउनुपर्नेमा भुसालले जोड दिएका छन् ।

‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोहि पनि सुरक्षित छैनौं । हामी उठ्छौं, धुलो टक्टक्याउॅछौं र अगाडि बढ्छौं ।’ भुसालले ट्विट गर्दै भने ।