नवनियुक्त शिक्षामन्त्री पन्तको शपथग्रहण आज
खबर एक्सप्रेस
२०८२-०१-११ १०:३७ मा प्रकाशित
Total Shares: 111
काठमाडौं- नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउन लागेका हुन् ।विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए । पन्त पनि एमालेकै सांसद हुन् । पद तथा गोपनीयताको शपथ ग्रहण पछि पन्तले आजै कार्यभार सम्हाल्ने छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस