धनुषामा प्रहरी हिरासतमा एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०८०-०९-०६ ११:१५ मा प्रकाशित
Total Shares: 245
धनुषा - धनुषा प्रहरीको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ ।
धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो।
प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् ।आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।
स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको छ।
त्यस क्रममा गोली लागेर एकजना घाइते भएका छन् । स्थानीय शंकर मण्डल घाइते भएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस