अमेरिकामा ६६ लाख मानिस बेरोजगार
एजेन्सी - अमेरिकामा कोरोना भाइरसको कारण उद्योगधन्दासहित सबै व्यवसाय बन्द हुँदै गएपछि बेरोजगारको संख्या एक्कासी बढेको छ । कोरोना संक्रमण फैलिए यता नै अमेरिकामा ६६ लाख नागरिक बेरोजगार भएका छन् ।
गत साता ३३ लाखको आँकडामा रहेको यो संख्या यो सातासम्म आइपुग्दा ६६ लाख पुगेको हो । कोरोना आउनु पहिले अमेरिकामा २ लाख मात्र बेरोजगार थिए ।
उनीहरूले अमेरिकामा बेरोजगारी दर १५ प्रतिशत भन्दा माथि जाने प्रक्षेपण गरेका छन्। पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि अमेरिकामा आर्थिक संकट बढ्दै गएको छ।
विश्वका कुल कोरोना संक्रमित मध्ये झण्डै एक चौथाइ संक्रमित अमेरिकामा रहेका छन्। त्यहाँ हालसम्म दुई लाख ४४ हजार मानिसहरूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ हजार बढीको ज्यान गइसकेको छ।
फेसबुक पेज Like गर्नुहोस