बङ्गलादेशमा कोभिड-१९ संक्रमितको संख्या चार लाख नाघ्यो
खबर एक्सप्रेस
२०७७-०७-११ ११:३७ मा प्रकाशित
Total Shares: 404
काठमाडौं, एजेन्सी - बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या चार लाख नाघेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।
बङ्गलादेशमा मंगलबारसम्म चार लाख २५१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने पाँच हजार ८१८ सङ्क्रमितको मृत्यु भएको छ ।
बङ्गलादेशमा सक्रीय सङ्क्रमितको सङ्ख्या ७७ हजार ८३३ पुगेको छ भने तीन लाख १६ हजारभन्दा बढी व्यक्ति निको भई घर फर्किएका छन् ।
बङ्गलादेशमा सबैभन्दा बढी सङ्क्रमित जुलाई २ मा भेटिएका थिए भने कोभिड–१९ धेरैको मृत्यु जुन ३० मा भएको थियो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस