काठमाडौं - पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ५०८ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २० हजार १० पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७९ लाख ९० हजार ३२२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म ७२ लाख ५९ हजारभन्दा धेरै कोरोना संक्रमित निको भइसकेका छन् ।

भारत संक्रमित संख्याको आधारमा अमेरिकापछि कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा रहेको छ । अमेरिकामा अहिलेसम्म सबैभन्दा धेरै दुई लाख २६ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको छ ।