भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीका छोराछोरीबीच विवाद
काठमाडौं, एजेन्सी - भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीका छोरा अभिजीत मुखर्जीले 'द प्रेजिडेंशियल इयर्स' किताब नछाप्न अपिल गरेका छन् । उनले भनेका छन् कि किताबमा प्रणव मुखर्जीसँग जोडिएका केही संस्मरण लिइएका छन् जुन मोटिभेटेड छन् ।
यसकारण उनले प्रकाशकलाई आग्रह गर्दै छपाई रोक्न भनेका छन् । उनले लिखित सहमति दिएपछि मात्रै किताब छाप्न आग्रह गरेका छन् । उता मुखर्जीकी छोरी शर्मिष्ठाले भने आफ्नो दाइले दिएको बयानको विरोध गरेकी छन् ।
उनले दाईले किताब प्रचारका लागि यो स्टन्ट भएको आरोप लगाएकी छन् । किताब छपाईको प्रक्रिया रोक्न नहुने उनले बताएकी छन् ।
उता अभिजितले भने किताब आफु नपढेको र उक्त किताबमा भएका घटना क्रमहरुबारे आफु प्रष्ट नभई लिखित सहमति दिन नसक्ने बताएका छन् । उनले आफुले किताब पढेपछि मात्रै लिखित सहमति दिने भन्दै प्रकाशनलाई पत्र लेखेको बताएका छन् । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीको गएको अगस्ट महिनामा निधन भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस