राजसंस्था पक्षधरहरुले गरे जेठ १५ गतेदेखि अनिश्चितकालीन सामूहिक जनआन्दोलन घोषणा
खबर एक्सप्रेस
२०८२-०१-२५ ०३:२० मा प्रकाशित
Total Shares: 49
काठमाडौं - राजसंस्था पुनर्स्थापना र सनातन हिन्दू धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् ।
जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा पत्रकार सम्मेलनमा गरियो । घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित थिए ।
फेसबुक पेज Like गर्नुहोस