काठमाडौं,कञ्चनपुर-कञ्चनपुरको पुनर्वासका एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको पुनर्वास–९ ख गाउँ डब्बा कोलनी बस्दै आएका ६८ वर्षीय सबराम भुल र ६६ वर्षीय गंगादेबि भुल जनजागरण सामुदायिक वन क्षेत्र भित्र झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घरमा विवाद भएपछि दम्पतीले घर छोडेका थिए । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।