काठमाडौं - ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक भएको छ । दिपेन्द्र लामा निर्देशित उक्त फिल्मको ट्रेलर काठमाडौंमा एक औपचारिक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो।

‘छ माया छपक्कै’ मा दिपकराज गिरीले विद्यार्थी नेता र केकी अधिकारीले नर्सको भूमिका निभाएका छन् । चलचित्रको ट्रेलरमा राजनीति र प्रेमको समिश्रण देख्न सकिन्छ । गिरी र केकी प्रेम सम्बन्धमा रहेको देखिन्छ ।

यस्तै चलचित्रमा दीपक र केकीका अलावा, सुपुष्पा भट्ट, प्रकाश घिमिरे, रमा थपलिया, शिशिर वाङदेल, अनुराग कुवँर, बुद्धि तामाङ, जितु नेपाल, केदार घिमिरे, रजनी गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्म असोज २४ गतेबाट प्रदर्शनमा आउँदैछ।