काठमाडौं - आज पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा आज सुनको मूल्य केही घटेको हो ।

आज सुन तोलामा एक हजार ५०० रुपैयाँले घटेको छ । सोही परिमाणको चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८७ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल १९ सय ९५ रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार दुई सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार पनि छ सय रुपैयाँले घटको थियो ।