संवैधानिक इजलासले माग्यो प्रतिनिधिसभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना
खबर एक्सप्रेस
२०७७-१०-०८ ०३:५५ मा प्रकाशित
Total Shares: 966
काठमाडौं - सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना माग गरेको छ ।
बिहिबार मुद्दामाथि बहसका क्रममा रिट निवेदकका अधिवक्ताले प्रतिनिधि सभा विघटन सदर गरेको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सूचना मागेका हुन् ।
अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बिहीबारको सुनुवाइका क्रममा विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशितसमेत नगरेको भन्दै बहस गरेका थिए।
संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन भनेको छ।
फेसबुक पेज Like गर्नुहोस