रुकुम पश्चिम घटनाको छानबिन गर्न संसदीय विशेष समिति बन्ने
खबर एक्सप्रेस
२०७७-०२-२३ १२:०५ मा प्रकाशित
Total Shares: 420
काठमाडौं - रुकुम पश्चिमको चौरजहारी सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ ।
सभामुख अग्नि सापकोटाले शुक्रबारको बैठकमा संसदीय समिति गठन हुनेबारे जानकारी गराएका हुन् ।
बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले संसदीय समिति नबनाइएको भन्दै समिति गठन नभए बैठक चल्न नदिने चेतावन दिएकी थिइन् । सोती घटनामा छानबिन गर्ने कुरामा संसदलाई विश्वास नभएको भन्दै उनले संसदबाटै सर्वदलीय संसदीय गठन गर्न माग गरेकी थिइन् ।
फेसबुक पेज Like गर्नुहोस