जनकपुरधाम - जानकी प्लास्टिक उद्योग मुजेलीया जनकपुरका सञ्चालक नवकृष्ण मुरारका (नवल मुरारका) पक्राउ गरेका छन् ।
मार्वल कम्पनीको ट्रेड मार्क प्रयोग गरी नक्कली पाईप उत्पादन तथा बेचविखन गरेको अभियोगमा मुरारकालाई आज जनकपुरधाम उपमहानगरपालिका–मुजेलिया क्षेत्रबाट पक्राउ गरिएको हो।
प्रहरीले तीन दिनदेखि विशेष निगरानीमा राखेर उनीमाथि अनुसन्धान गरिरहेको थियो। मुजेलिया प्रहरी चौकी नजिक गाडीमा रहेका बेला उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।
पक्राउपछि उनलाई प्रारम्भिक रूपमा जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रहरीले अर्को कम्पनीको ट्रेडमार्क अवैध रूपमा प्रयोग गरी नक्कली पाइप उत्पादन तथा बिक्री–वितरण गरेको आरोपमा मुरारकामाथि अनुसन्धान अघि बढाएको छ।

.gif)


