तोकिएको समयअगावै द्रुतमार्ग पूरा हुने
काठमाडौं - नेपाली सेनाले राष्ट्रिय गौरवको परियोजना ‘काठमाडौँ–तराई÷मधेस दु्रतमार्ग’ (फास्टट्र्याक) निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ ।
सरकारको नीति तथा कार्यक्रमले पाँच वर्ष तोके पनि अबको तीन वर्ष छ महिनामा दु्रतमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको सेनाले पत्रकार सम्मेलन गरी स्पष्ट गरेको छ ।
हालै स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा पनि आगामी सन् २०८१ सालसम्म दु्रतमार्ग निर्माण हुने लक्ष्य राखिएको छ ।
नेपाली सेनाका द्रुतमार्ग परियोजना प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले सरकारले दिएको समयावधि र डीपीआरमा उल्लेख मितिभन्दा अगाडि नै सम्पन्न हुने गरी द्रुत गतिमा निर्माण भइरहेको दाबी गरे ।
गोरखापत्र दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस