काठमाडौं - अमेरिकाले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल ‘प्रचण्ड’ लाई बधाई तथा शुभकामना दिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो । अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।