काठमाडौं-प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमामा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने अडान लिएका छन् ।

बैठकमा भिजिट भिसा प्रकरणको विषय उठेपछि गृहमन्त्री लेखकले राजीनामा नदिने अडान लिएका हुन् ।

विपक्षी दलका सांसदहरुले सत्तापक्षबाटै राजीनामा माग गरेका थिए ।

तर, गृहमन्त्री लेखकले राजीनामा नभएर संसदमा जवाफ दिन पाउनुपर्ने माग गरेका छन् ।

यसका निम्ति वातावरण बनाइदिन विपक्षी दललाई मन्त्री लेखकले आग्रह समेत गरे ।

समितिका सदस्यहरुले भिजिट भिसा प्रकरणबारे मन्त्री लेखकको जवाफ समेत मागेका थिए । तर मन्त्री लेखकले समितिको बैठकमा जवाफ दिँदा सबै सांसदहरुले जिज्ञासा नमेटिने भन्दै संसदमै जवाफ दिने बताएका छन् ।

गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएको भन्दै विपक्षी दलहरुले राजीनामा माग्दै संसद अवरुद्ध पार्दै आएका छन् ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।