काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले वीरतापूर्वक आत्मसमपर्ण गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले माओवादी केन्द्र भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग आत्मसमर्पण गरेको आरोप लगाएका हुन्।

‘१७-१८ दिनदेखिको जे नाटक भइरहेको थियो। त्यसमा प्रमुख प्रतिपक्षी दलले वीरतापूर्वक आत्मसमर्पण गरेको सुन्न पाइयो। माननीयज्यूले गणतन्त्रको रक्षाका लागि सदन खुलाउनुपर्ने भन्नुभयो। तर, त्यो होइन, लुटतन्त्रको रक्षाका लागि त्यसो गरिएको हो,’ अध्यक्ष लिङ्देनले भने।