विचौलिया भट्ट र अग्रवालसहित ३९ जनाविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता
काठमाडौं - बिचौलिया दीपक भट्ट र सुलभ सहित ३९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ।
२२ अर्ब ३९ करोड रुपैयाँ बिगो कायम गरी विशेष सरकारी वकिल कार्यालयले बिहीबार विशेष अदालत पाटनमा आरोपपत्र दायर गरेको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दायर भएको हो।
भट्ट र उनका साझेदारविरूद्व आजै जिल्ला अदालतमा बिमासम्बन्धी कसुर, धितोपत्रसम्बन्धी कसुर र बैंकिङ कसुरको छुट्टै अभियोगमा पनि अघि बढिसकेको छ।
त्यसैगरी, विशेष अदालतले भट्टसहित चार जनाविरुद्ध बैंकिङ कसुरमा पनि मुद्दा दर्ता गरेको छ।
उच्च अदालत पाटनको वाणिज्य इजलासमा बिहीबार दर्ता गरिएको मुद्दामा भट्टसँगै सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवाललाई प्रतिवादी बनाइएको छ।
उनीहरुविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरिएको छ। उनीहरुविरुद्ध बिमा सम्बन्धी कसुर, सम्पत्ति शुद्धीकरण र धितोपत्र सम्बन्धी कसुरमा पनि मुद्दा दायर गर्ने तयारी भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस