रुकुम पश्चिममा जीप दुर्घटना, २२ जना घाइते
खबर एक्सप्रेस
२०८०-०८-०४ ११:१७ मा प्रकाशित
Total Shares: 89
रुकुम पश्चिम - रुकुम पश्चिममा सोमबार बिहान जीप दुर्घटना भएको छ । जिल्लाको चौरजहारी नगरपालिकाबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरकाे जीप आज बिहान चौरजहारी नगरपालिका-८ गोइरीज्यूला नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त जीप दुर्घटनामा परि २२ जना घाइते भएका छन । अहिले सबै घाइतेहरूलाई चौरजहारी मिसन अस्पतालमा उपचार भईरहेको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जनाईएको छ । अहिले घटना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलि खटिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
फेसबुक पेज Like गर्नुहोस