काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभएर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको बताएका छन् ।

ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले लोडसेडिङ अन्त्यको आधार तयार गरेको बताएका हुन् ।

कुलमान घिसिङले विद्युत चुहावट नियन्त्रण र व्यवस्थापन गरेको बताउँदै पोखरेलले भने,'२५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग ट्रान्समिसन लाइन र विद्युत खरिद सम्झौता गरेर लोडसेडिङ अन्त्य गर्नु भएकाे हाे ।'

लोडसेडिङ अन्त्यको जस एक व्यवस्थापकलाई दिन नहुने उनको भनाई छ ।