काठमाडौं  - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)संसदीय दलकी सचेतक शान्ता चौधरीले जीवनमा धेरै दुःख पनि पाइन् र धेरै असन्तुष्टिको अनुभव गर्ने गरी राजनीतिक पदमा पनि पुग्नुभयो तर उनलाई सधैं एउटा पिरलोले सताइरहन्थ्यो– औपचारिक शिक्षा ।

पटकपटक संसद्मा पुगिसकेकी उनलाई कसैले ‘माननीयको शैक्षिक योग्यता कति’ भनेर प्रश्न गर्ने्बित्तिकै मन झसंग हुन्थ्यो र उनीसँग दिने जवाफ नै हुँदैन्थ्यो । तर, बिहीबारदेखि भने उनको यो अयोग्यता हटेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेसँगै उनको शैक्षिक योग्यता पनि अब एसईई उत्तीर्ण भएको छ ।

यो बर्ष छोरी विणुसँगै एसईई दिएकी शान्ताले २.६५ जीपीएसहित ‘बी’ ग्रेडमा उत्तीर्ण गरेकी छिन् । खुला विद्यालयअन्तर्गत दाङको महेन्द्र मावि तुलसीपुरबाट परीक्षा दिएकी शान्ताले अंग्रेजी, नेपाली र सामाजिकमा ‘बी’, शिक्षामा ‘बी प्लस’ तथा गणित, विज्ञान, स्वास्थ्य र अर्थशास्त्रमा ‘सी प्लस’ गरी समग्रमा ‘बी’ ग्रेडमा उत्तीर्ण गरेकी छिन् । छोरी विणुले भने ‘बी प्लस’ ग्रेड ल्याएकी छिन्  । 

नेपाल समाचारपत्रबाट