कोरोना कहर: अमेरिकामा मृत्यु हुनेको संख्या घट्यो
खबर एक्सप्रेस
२०७७-०१-०१ ०६:३० मा प्रकाशित
Total Shares: 414
एजेन्सी - कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १ हजार ५ सय २८ जनाको मृत्यु भएको छ ।
तीव्र रुपमा फैलिएको कोरोनाबाट पछिल्लो २४ घण्टामा २७ हजार नयाँ संक्रमित भेटिएका छन्,यो समाचार तयार पार्दासम्म । यो संख्या शनिबारभन्दा निकै कम हो । शनिबार १ हजार ८ सय ३० जनाको मृत्यु भएको थियो भने ३० हजार बढी संक्रमित भएका थिए ।
अमेरिकी सरकार अनुसार अहिलेसम्म त्यहाँ कोरोनाबाट २२ हजार १ सय ५ जनाको मृत्यु भएको छ भने ५ लाख६० हजार संक्रमित छन् ।
फेसबुक पेज Like गर्नुहोस