सशस्त्र प्रहरीका ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने सरकारले निर्णय
खबर एक्सप्रेस
६ घण्टा अगाडि
Total Shares: 6
काठमाडौं - सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सरकारले निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एआईजीमा बढुवा सिफारिस भएका ठाडा मगरलाई बढुवा गरेको हो ।
सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै उनको ठाउँ रिक्त थियो ।
बढुवासँगै अब ठाडा मगरले केही दिनमा एआईजीको फुली लगाउनेछन् ।
फेसबुक पेज Like गर्नुहोस