काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै केहि मन्त्रीहरुले सामुहिक राजीनामा गर्ने तयारी गरेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मन्त्रीहरुले राजीनामा दिने भएका हुन् । उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिने तयारी गरेको स्रोतले बताएको छ ।

आइतबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् को आकस्मिक बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।