डा. केसीद्वारा आईओएममा डिन नियुक्तिको विरोध
काठमाडौं - प्राध्यापक डा. गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा भएको डिन नियुक्तिको विरोध गरेका छन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले वरिष्ठता मिचेर त्रिविले बुधबार डिनमा डा. दिव्या सिंह शाहलाई नियुक्त गरेकामा विरोध गरेका हुन् ।
यसबारेमा डा. केसीले भनेका छन्, ‘यसबाट व्यक्ति विशेषको नियुक्ति हुने वा नहुने भन्दा पनि वरिष्ठताको आधार भत्किने र सरकारलाई आफूखुशी कार्यकर्ताहरु भर्ती गर्न बाटो खुल्ने अवस्था सिर्जना भएको छ ।’
डा. केसीले वरिष्ठता मिचिँदा अहिले नै पार्टी कार्यकर्ताहरु आईओएमका विभिन्न पद हत्याउन मुसा दौडमा संलग्न भइसकेको भन्दै केसीले तीमध्ये सबैभन्दा अक्षम र संस्थालाई दोहन गर्न पल्केका कार्यकर्ताहरु अहिले पद पाउन नेता रिझाउन लागि परेको पनि बताए ।
डा. केसीले वरिष्ठताको आधारविना भएका नियुक्ति सच्याउन माग समेत गरेका छन्। नियुक्ति नसच्याएको खण्डमा मनपरीतन्त्रविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस