काभ्रे - काभ्रेमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ।

काभ्रे प्रहरीका अनुसार आज दिउँसो बनेपाबाट भकुन्डेबेसीतर्फ गइरहेको बा३ख ८३९८ नम्बरको बस नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको थियो।

बस बीपी राजमार्गबाट दुई सय मिटर तल खसेको थियो।

दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

मृतकहरुको सनाखत हुन बाँकी छ भने घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।