झापाको चिया बगानमा युवा युवती मृत फेला
खबर एक्सप्रेस
२०७९-१०-१० १०:०१ मा प्रकाशित
Total Shares: 182
काठमाडौं-झापाको कचनकवल गाउँपालिका-४ केचनामा दुई जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार केचनामा रहेको एभरेष्ट चिया बगानमा एक युवा र एक युवती झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
घटनाबारे अनुसन्धान शुरु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । मृत भेटिएका युवा अन्दाजी २५ र युवती १८ वर्ष उमेरको रहेको प्रहरीको भनाइ छ ।
फेसबुक पेज Like गर्नुहोस