रवीन्द्र मिश्र र दुर्गा प्रसाईसहित २६ जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलगायतलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
मंगलबार जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले मिश्र र प्रसाईंसहित २६ जनालाई हिरासतमा राख्न थप म्याद दिएको हो ।
उनीहरूमाथि प्रहरीले राज्यविरुद्धको अपराध, संगठित अपराधसमेतको अभियोगमा अनुसन्धान गरिरहेको छ । चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि उनीहरु पक्राउ परेका थिए ।
मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ । राजावादी आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि थुनामै छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस