ट्रम्पले पुन: डब्लुएचओलाई दिए चेतावनी
एजेन्सी - विश्व कोरोना भाइरसविरुद्ध लडिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) माथि एकपछि अर्को हमला गर्दे आएका छन् ।
कोरोना भाइरस नियन्त्रणका लागि डब्लुएचओले कुनै कदम नचालेको भन्दै कड्किएका ट्रम्पले फेरी त्यसलाई नै निरन्तरता दिएका हुन् ।
ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा पहिलोपटक डब्लुएचओमाथि आक्रामक रुपमा प्रस्तुत भएका ट्रम्पले बुधबार पनि कडा आलोचना गरेका छन् ।
बुधबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले डब्लुएचओले कोरोना भाइरसको महामारीलाई सही तरिकाले बुझ्न नसकेको आरोप लगाएका हुन् । डब्लुएचओले आफ्ना प्राथमिकताहरुलाई सही गर्नु पर्ने उनले बताएका छन् ।
ट्रम्पले भनेका छन्, ‘सबैलाई सही तवरले व्यवहार गरिनु पर्छ । तर डब्लुएचओले त्यस्तो गरे जस्तो देखिँदैन ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले लगातार डब्लुएचओमाथि चीनको पक्ष लिएको अभियोग लगाउँदै आएका छन् ।
फेसबुक पेज Like गर्नुहोस