काठमाडौं -अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ ।

बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि पहिलोपटक चिनियाँ समकक्षी सीसँग टेलिफोन वार्ता गरेका हुन् । चिनियाँको नयाँ वर्ष ‘लुनार’ को पूर्वसन्ध्यामा बाइडेनले टेलिफोन गरेर समकक्षी सीलाई शुभकामना दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनीहरुबीच भएको संवादमा दुवै देशबीच देखिएको समस्याहरुका बारेमा छलफल भएको छ। बाइडेनले सीसँग सैन्य, आर्थिक मामिलाका साथै जलवायु परिवर्तन लगायतका विषयमा दुवै देशबीच हुन सक्ने सहकार्यको बारेमा समेत कुरा उठाएको बताइएको छ ।