काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । प्रचण्ड केहीबेरअघि बालुवाटार पुगेको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका छन् ।

प्रचण्डसहित पार्टी सचिवालयका पाँचजना नेताले शनिबार ओलीलाई बैठक राख्न सहमतिको माग गर्दै पत्र बुझाएका थिए । ओलीले विधानअनुसार बैठकको तयारी गर्न भन्दै १५ दिन पर धकेल्न खोजेपछि प्रचण्डले कार्यकारी अधिकार प्रयोग गर्दै सचिवालय सदस्यहरूलाई ४ बजे पार्टी मुख्याल बालुवाटार बोलाएका थिए ।

त्यसपूर्व नै ओलीले छलफका लागि बोलाएको स्रोतले बतायो । प्रचण्डले केही दिनदेखि दुई अध्यक्षको सहमति र समझदारीको उपादेयता नरहेको बताउँदै आएका थिए । र, कमिटीमै छलफल गर्नुपर्ने बताएका थिए । आज दुई अध्यक्षबीच सचिवालय बैठकको मिति तोक्ने र कार्यसूचीका बारेमा छलफल हुने बताइएको छ ।