एसीसी महिला प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दै
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 43
काठमाडौं - एसीसी महिला प्रिमियर कप २०२६ अन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ ।
मलेसियामा जारी खेल दिउँसो पौने १२ बजे शुरु हुनेछ ।
समूह ‘डी’ मा रहेका नेपाल र हङकङ दुवै क्वाटरफाइनलमा पुगिसकेका छन् ।
आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
यसअघि पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले र दोस्रो खेलमा भुटानलाई ५१ रनले हराएको थियो ।
हङकङले पनि कतारलाई ८३ रनले र भुटानलाई १४ रनले हराएको थियो । कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन् । प्रतियोगितामा १८ देश सहभागी छन् ।
प्रिमियर कपमा सेमिफाइनल पुग्ने शीर्ष चार टोलीहरू एसिया कपका लागि छनोट हुनेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस