नेपालमा थपिए ७६ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०८०-०१-२३ ०५:५० मा प्रकाशित
Total Shares: 102
काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका सँगै संक्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस