काठमाडौ - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' आज पनि छलफलमा जुटेका छन्।

केहिबेर अघिबाट दुई अध्यक्षबीच बालुवाटारमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ । मन्त्रिपरिषद पुनर्गठन र पार्टी एकताका बाँकी काम सक्ने विषयमा अध्यक्षद्वयबीच सहमति नहुँदै कर्णाली प्रदेशको विवाद निस्किएपछि केही दिनयता नेताहरु कर्णाली प्रदेशको विवाद मिलाउन लागि परेका छन् ।

मंगलबार दुई अध्यक्षबीचको भेटपछि मुख्यमन्त्री शाहसहित उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता प्रदेशसभा सदस्य यामलाल कँडेलसहितका प्रदेशका नेताहरुलाई छलफलका लागि काठमाडौं बोलाएइकाे छ। आजको बैठक पनि यसै विषयमा केन्द्रित हुने बताइएको छ ।