काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम पारित गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको हो ।

सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार, सरकारले वैशाख १९ गते शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ ।

यो कार्यक्रमले आगामी आर्थिक वर्षको विकास, सुशासन र सेवा प्रवाहका प्राथमिकता निर्धारण गर्नेछ ।