कलैया - कोभिड– १९ को सम्भावित जोखिम हुन नदिन लगाइएको लकडाउनको प्रभावकारी कार्यान्वयन भैराखेका छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगनम गरिराखेका छन् ।

तीनवटै निकायका सुरक्षाकर्मीले कारोनाबाट जोगिन घरभित्रै रहन जिल्लावासीलाई आग्रह गरिराखेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले लकडाउनको प्रभावकारी कार्यान्वयन भैरहेको जानकारी दिए ।

उनले कोरोनाबाट जोगिन पटक पटक साधुनपानीले हातधुन, गाउँरटोलमा अन्यत्रबाट आएकालाई छुट्टै क्वारेन्टाइनमा बस्न र केही स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य सस्थामा सम्पर्क गर्न आग्रह गरे । प्रवक्ता मिश्रले लकडाउनको अवज्ञा गर्ने १४ जना र तीनमोटरसाइकल नियन्त्रणमा लिइएको जानकारी दिए ।

जिल्लाको १६ वटा स्थानीय तहमा यतायात तथा बजार पूर्ण रुपमा बन्द रहेका छन् । अति आवश्यक पसल सञ्चालनमा रहेका छन् । कलैया अस्पतालमा रहेको आइसोलेसनमा थप एक जनालाई निगरानीमा राखिएको चिकित्सक बीरेन्द्र मण्डलले जानकारी दिए ।