कोरोनाले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानमा सरकारको प्राथमिकता : मन्त्री ढकाल
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानसम्बन्धी योजनालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा आज तेस्रो राष्ट्रिय होमस्टे (घरबास) कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले सरोकारवालाको सहभागितामा पर्यटन पुनरुत्थानसम्बन्धी कार्ययोजना निर्माण भइरहेको बताए । “कोरोनाबाट थिलोथिलो बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न मन्त्रालय नयाँ कार्यविधि बनाउन लागि रहेको छ”, मन्त्री ढकालले भने, “कोरोनाले सबैभन्दा बढी प्रभावित पारेको क्षेत्र पर्यटन नै हो, अब पर्यटन व्यवसाय तङ्ग्रिँदैछ, सरकारले निजी क्षेत्रसँगको साझेदारीमा पर्यटन क्षेत्रको विकासमा उचित ध्यान दिनेछ ।”
उनले होमस्टेले पर्यटन प्रवद्र्धनमार्फत मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुर्याएको भन्दै विविधतायुक्त संस्कृतिको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न अझै मिहेनत गर्नुपर्ने विचार व्यक्त गरे ।
फेसबुक पेज Like गर्नुहोस