काठमाडौं  -  काठमाडौं-१ मा रास्वपा उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) विजय उन्मुख रहेकी छन्। उनले १४ हजार ४ सय ९१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी प्रबल थापाले ६ हजार ७ मत पाए। 

राप्रपाका रविन्द्र मिश्रले ३ हजार ७ सय २५ मत प्राप्त गर्दा एमालेका मोहन रेग्मीले १४  सय ६१ मत पाएका छन्। 

मतगणना अन्तिम चरणमा पुगेकोले अबको एक घण्टामा सबै सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृत  चुरामनी खड्काले जानकारी दिए। 

औपचारिक घोषणा भने केहीबेरमा सार्वजनिक हुने छ।